धनुर्मासश्रीगोदाव्रत अलौकिकआध्यात्मिक तिरुप्पावै प्रवचन

यही२०७६पौष१गतेदेखि २९गतेसम्म श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर२मा साक्षात्श्रीमहालक्ष्मीजीको अवतारहुनुभएकी श्रीगोदाम्बा महारानीले भगवान् श्रीकृष्णप्राप्तिका निमित्त गर्नुभएको आध्यात्मिक व्रतानुष्ठान तिरुप्पावैव्रत अत्यन्त मुमुक्षु जीवात्माहरूलाई सर्वग्राह्य रहेकोले यसको विशेष प्रचारप्रसारका साथ यसै श्रीलक्ष्मीवेंकटेशभगवान्को दिव्यधाममा सदाकोभन्दा भव्यसभ्य रूपमायसै मन्दिरका मठाधिश आबालब्रह्मचारी युवाविद्वान्श्री१००८पद्मनाभाचार्यस्वामीजीमहाराजको मुखारविन्दबाटश्रीगोदादिव्यप्रबन्ध तिरुप्पावैको तीसवटै गाथाहरुको अलौकिक अभूतपूर्व आध्यात्मिक प्रवचन दिउँसोको 12:बजेदेखि 3:30बजेसम्म हुनगईरहेको हुँदा सम्पूर्ण देशविदेशमा रहनुहुने श्रद्धालु भक्त भागवतहरुलाई आमन्त्रण गरिन्छ ।यश उत्सवका विशेषदिनहरु:१६गते द्वारपालउद्बोधन,१८ गते नीलादेवीलाई जगाउने,२४गते भगवान्को मङ्गलप्रार्थना स्तुति,२७गते रङ्गनाथभगवान् सँग गोदादेवीको विशेष तयारीका साथ दिव्य विवाहमहोत्सव दिउँसो १२बजेदेखि 3:30बजेसम्म,२९गते श्रीगोदाव्रत र तिरुप्पावै प्रवचन समापन।